दफा २७
प्रतिवादीले प्रमाण पुर्याउने पर्ने भार
(१) प्रचलित नेपाल कानुनबमोजिम सजायमा कमी वा छूट हुने वा सजायबाट रिहाई पाउने कुनै कुराको जिकीर प्रतिवाादीले लिएमा सो कुराको प्रमाण पुर्याउने भार निजको हुनेछ ।
(२) प्रचलित नेपाल कानुनबमोजिम वादीलाई दिनु वा बुझाउनु पर्ने कुरा सो कानुनबमोजिम दिए वा बुझाएको छ भनि प्रमाणित गर्ने भार प्रतिवादीको हुनेछ ।